राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब ! • Image Khabar Image Khabar


राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब !


Imagekhabar
२८ माघ २०७३, शुक्रबार १०:५८

राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब !

समाचार एजेन्सीहरुका अनुसार घानाको राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको हो ।

त्यहाँको नयाँ सरकारले राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको जनाएको छ । डिसेम्बरमा भएको निर्वाचनबाट सत्तारुढ भएको दल ‘न्यू पेट्रियाटिक’ले बुझ–बुझारथका क्रममा कारको विवरण रुजु गरेको थियो । सत्ता परिवर्तनपछि सरकारी गाडी नबुझाउने अधिकारीहरुबाट सम्बन्धित सवारी साधन जफत पनि गरिएको थियो ।

अघिल्लो सरकारका संचारमन्त्री रहेका ओमाने बोआमाहका अनुसार नयाँ सरकारले गाडी खरिदको आवश्यकता औंल्याउनका लागि झुटो आरोप लगाएको हो ।

तर राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार राष्ट्रपति कार्यालयको एक सय ९६ वटा टोयोटा ल्यान्डक्रुजर गाडीमध्ये ७४ वटामात्र फेला परेको छ । त्यसैगरी ७३ वटा प्राडो गाडीमध्ये २० वटा भेटिएको, २० मर्सिडिजमध्ये ११ वटा फेला परेको, २८ टोयोटा एभेनोन्समध्ये दुईवटा फेला परेको, ६ बिएमडब्ल्युमध्ये ६ वटामात्र फेला परेको छ ।

घानाको सिटी एफएमले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार गाडीहरु बेपत्ता भएका कारण नयाँ राष्ट्रपतिले १० वर्ष पुरानो बीएमडब्ल्यु प्रयोग गर्नु परेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्