 
	                                                                                            फाइल फोटो
राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौं–निजगढ द्रुतमार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताए ।
आफ्नो भारत भ्रमणकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीकै कारण हुलाकीमार्गको निर्माणको काम सुरु भएको भन्दै प्रधानमन्त्री दाहालले तराईमा रेलमार्गको निर्माणलाईसमेत प्राथमिकतामा राखिएको बताए ।
आफू प्रधानमन्त्री बनेदेखि नै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैंले बनाउने प्रतिबद्धता व्यक्त गरे ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाक्रममा तनियाबस्ती उठीबास हुने भएकाले सो समस्याप्रति सरकार गम्भीर छ भन्दै प्रधानमन्त्री दाहालले उक्त बस्तीको समस्या समाधान हुने बताए ।
द्रुतमार्गको निर्माण चाँडोभन्दा चाँडो सुरु गर्नुपर्ने माग राख्दै विगत ८ दिनदेखि अनशनमा बसेका स्थानीयवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक महिनाभित्र सो आयोजनाको काम सुरु हुने जानकारी दिँदै अनशन तोड्न आग्रह गरे ।
कार्यक्रममा सांसद रामअयोध्याप्रसाद यादवले संविधान संशोधन प्रक्रिया अविलम्ब अघि बढाइ जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्न माग गरे ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माण सुरु हुनुपर्ने माग राख्दै स्थानीयवासी यही माघ २२ गतेदेखि अनशनमा बस्दै आएका छन् ।
प्रधानमन्त्री दाहालले शनिबारै बाराको सिम्रनगढमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘माछा जोन’को उद्घाटन गर्नेछन् । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्