Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


‘फास्ट ट्रयाक’ निर्माणको काम एक महिनाभित्रै सुरु गर्ने प्रधानमन्त्रीको घोषणा


0
Shares

राष्ट्रिय गौरवका आयोजना निर्माणको काम तत्काल बढाउन दबाब दिने उद्देश्यले बाराको निजगढमा भइरहेको रिले अनशन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काठमाडौं–तराई जोड्ने द्रुतमार्गको शिलान्यास आफू प्रधानमन्त्री भएकैबेला गर्ने बताएका हुन् ।

उनले द्रुतमार्ग निर्माण कसले र कसरी गर्ने भन्नेमा देखिएको अन्योल अन्त्य भइसकेको भन्दै तत्काल काम सुरु गर्ने बताए ।

प्रधानमन्त्री दाहालले द्रुतमार्ग कस्तो बनाउने र वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित सात सदस्यीय विशेष समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने बताए ।

उनले आफू प्रधानमन्त्री भएपछि ठूला आयोजना निर्माणको कामले गति लिएको दाबी पनि गरे ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखिएको बसोबास व्यवस्थापन र मुआब्जाका समस्यालाई सम्बोधन गर्ने काम पनि अघि बढिरहेको उनले जानकारी दिए ।

विमानस्थलका लागि प्रस्तावित क्षेत्र बाराको टाँगीयाबस्तीका जनतालाई उचित स्थानमा व्यवस्थित गर्न छलफल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।