काठमाडौं, फागुन २३ । थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय संयोजन एवं परिचालन समितिले कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई आजीवन काराबास सजाय दिने अदालतको फैसलाको विरोध गरेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले शुक्रबार माइतीघर मन्डलामा प्रदर्शन गर्ने जनाएका हुन् ।
टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालदास नेतृत्वको समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु सार्वजनिक नगरिएकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले थारु समुदायलाई आक्रोशित हुने वातावरण नबनाउनपनि चेतावनी दिएका छन् ।
कैलालीको टीकापुर घटनालाई राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा पनि उनीहरुको जोड रहेको छ ।









प्रतिक्रिया दिनुहोस्