Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


प्रधानमन्त्रीको सन्देश बोकेर माओवादी नेता श्रेष्ठ अचानक नयाँदिल्लीतिर


0
Shares

पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन् ।

मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा ‘सहमति जुटाउन’ क्रियाशील श्रेष्ठले अचानक नयाँदिल्ली पुगेर थालेको राजनीतिक भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

‘श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहमत गराउनेबारे नयाँदिल्लीमा भारतीय नेतासँग छलफल गर्देछन्,’ श्रोतले भन्यो ।

माओवादी केन्द्रका विदेश विभाग सदस्य युवराज चौलागाईका अनुसार पार्टी संगठनको सम्मेलन उद्घाटन गर्न गए पनि नेता श्रेष्ठले भारतीय राजनीतिक दलका नेतासँग पनि राजनीतिक भेटघाट गर्नेछन् । ‘पार्टीका

प्रवास संगठनको सम्मेलन उद्घाटन गर्न जानुभएको हो,’ चौलागाईले भने, ‘र, सोही क्रममा भारतीय भारतीय राजनीतिक दलका नेतासँग स्वाभाविक रुपमा त्यहाँ भेटघाटका कार्यक्रम हुनेछन् ।’

उनका अनुसार सोमबार श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम भएपनि लम्बिन सक्ने सम्भावना बढ्दै गएको छ । –नागरिक दैनिकबाट