
काठमाडौं, फागुन २३ । काठमाडौं महानगरपालिका वडा नम्बर–२४ मखनस्थित एक घरमा बिहीबार आगलागी भएको छ ।
स्थानीय प्रकाश तुलाधारको घरबाट सल्किएको आगो आडैको अर्को घरमासमेत फैलिएको छ ।
हनुमानढोका पछाडितिरको भागमा रहेको घरमा भएको आगलागीका यी तस्वीरले काठमाडौंभित्रको जीवन कति जोखिम छ भन्ने देखाएको छ ।
दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
क्षतिको विवरण आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्