२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


समायोजन रोजेका कर्मचारी खटाइँदै


0
Shares

काठमाडौं, फागुन २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिइ संघ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ ।

अहिलेसम्म समायोजन रोजेका करिब ४८ हजारलाई पत्र दिइ खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

‘समायोजन रोजेकालाई पत्र दिइ खटाउने कार्य भइरहेको छ’–उनले भने–‘समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र आफू समायोजन भएको कार्यालयम पुग्नुपर्नेछ । कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव भएको गुनासो आइरहेको छ ।’

करिब ८७ कर्मचारीमध्ये कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । समायोजन रोजेकालाई विस्तारै तीनै तहमा पठाइने प्रवक्ता अधिकारीको भनाइ थियो ।

यसअघि, सरकारले सबै सचिव र २१५ सहसचिवलाई पदस्थापना गरिसकेको छ ।

मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको र प्राविधिकतर्फका कर्मचारीको समायोजन बाँकी रहेको उनले बताए ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । रासस