
झापा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले भद्रपुरमा ५७ वर्षपछि पहिलोपटक यस्तो महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सवमा दुई लाख ५० हजार अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
‘स्वदेशी उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराकासाथ महोत्सव आयोजना गरिएको हो । महोत्सवमा १२५ ओटासम्म स्टल रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्