१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तरलता संकट अस्वाभाविक, व्यक्तिगत घर कर्जा रोक्न मिल्दैन : इच्छाराज तामाङ


0
Shares

संघले आगामी चैत २५ देखि २८ गतेसम्म राजधानीस्थित भृकुटीमन्डपमा घरजग्गा मेला गर्न लागेको हो ।

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो ।

संघका अध्यक्ष इन्जिनियर इच्छाराज तामाङले घरजग्गा व्यवसायीहरु सबै समस्या पार गरी उत्साहका साथ अघि बढेको बताए ।

तरलताको अहिलेको समस्या अन्पकालीन भएको र छिट्टै नै पार हुने पनि उनले उल्लेख गरे ।

बैंकहरुको यस क्षेत्रतर्फको लगानी सीमाभन्दा धेरै तल करिब १५ प्रतिशतको हाराहारीमामात्र भएकाले अझै ‘मार्जिन’ रहेको पनि उनको भनाइ छ ।

चुक्तापुँजी वृद्धिलाई उचित समय, प्रभावकारी सरकारी खर्च परिचालन एवं बैंकहरुले ब्याजदरको कुशल व्यवस्थापन गरेको भए यो समस्या नआउने पनि तामाङको दाबी छ ।

तरलता संकटको ‘हौवा बढी पिटिएको’ भन्दै उनले अप्ठ्यारो भएका बैंकले ‘प्रोजेक्ट फन्डिङ’ रोके पनि घर किन्न व्यक्तिगत कर्जा भने कुनै हालतमा रोक्न नमिल्ने पनि उनको जिकिर छ ।

व्यवस्थित आवास निर्माण क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्न नमिल्ने पनि तामाङले तर्क गरे ।

सरकारका विभिन्न हचुवा नीतिका कारण निर्माण लागत १७ प्रतिशत बराबरले बढेको गुनासो पनि व्यवसायीहरुले गरे ।

मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी स्टलहरु रहने जनाइएको छ ।

मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक तथा बीमा कम्पनीहरु सहभागी हुने जनाइएको छ ।