
काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्ष मनाउन प्रस्ताव गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्ष मनाउन सकिने/नसकिनेबारे सात दिनभित्र सुझाव पेस गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले मुलुकका विद्यमान कुरीति–कुसंस्कारको अध्ययन गरी सूची तयार गर्ने तथा न्यूनीकरणका लागि स्पस्ट कार्यदिशा र रणनीति बनाइ कार्यान्वयन गर्न/गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बैठकले छाउपडी प्रथा हटाउन दुई महिनाभित्र परिणाम आउने गरी काम गर्नपनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्