२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतले नेपालको बुधनगरमा आइसीपी निर्माण थाल्यो (भिडियो रिपोर्ट)


0
Shares

नेपालतर्फ मोरङको बुधनगर र भारततर्फ जोगवनीमा सन् २००५ मा आइसीपी निर्माण गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार सन् २०१० सम्म बुधनगरमा आइसीसी निर्माण गरिसक्नुपर्ने भएपनि भारतीय पक्षको बेवास्ताका कारण काममा ढिलाइ भएको हो ।

तर, अहिले आएर भने आइसीपी निर्माणको कामले गति लिएको छ ।

भारतीय पक्षले एकतर्फीरुपमा जोगवनीमा आइसीपी सन्चालनमा ल्याएको ६ महिना बितेको छ । सन् २००५ मा नेपाल र भारत सरकारबीच दुबै देशका सीमानामा पर्ने विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकामा आधुनिक एवं सुविधासम्पन्न एकीकृत जाँचचौकी निर्माण गर्ने सहमति भएको थियो ।

सहमति भएको १२ वर्षपछि भारतले नेपालतर्फको बुधनगरमा आइसीपी निर्माणको काम थालेको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण भएर सन्चालनमै आइसकेको छ ।

आइसीपी निर्माणका लागि बुधनगरको १ सय ६९ बिघा जमिन नेपालले भारतीय पक्षलाई हस्तान्तरण गरेको छ ।

योसँगै अब निर्माणको काम पनि तीव्रगतिमा अघि बसेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, विराटनगरका प्रमुख श्यामसुन्दर सिंहले जानकारी दिए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्