सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, बलात्कारको भिडियोसमेत बनाएको खुलासा • Image Khabar Image Khabar


सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, बलात्कारको भिडियोसमेत बनाएको खुलासा


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार १७:५६

सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, बलात्कारको भिडियोसमेत बनाएको खुलासा

जिल्लाको पकडी, पिचुर्खीका राहत मुसलमान र बब्लु भन्ने अब्दुल रसिद मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बलात्कारीहरुले बलात्कारको भिडियो बनाइ सामाजिक सन्जालमा राखेपछि माघ २९ गतेमात्रै घटना सार्वजनिक भएको थियो भने सोही भिडियोको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अरु चारजना अझै फरार रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

२० वर्षीय अब्दुल रसिदले आफ्नी पे्रमिका १७ वर्षीया युवतीलाई ‘डेटिङ’का लागि पकडीबजारनजिकैको सिसौघारीमा बोलाएको र सोही स्थानमा फिल्मीशैलीमा बलात्कार गरी भिडियो खिचेको तथ्य प्रहरीले फेलापारेको छ ।

घटनापछि पीडित युवतीका परिवारलाई धम्की दिएको र त्यसपछि उनीहरु भागेर भैरहवा पुगेको पनि प्रहरीले जनाएको छ ।

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या
कपिलवस्तुमै सोमबार (हिजो)मात्रै ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

चन्द्रौटास्थित शिवराज नगरपालिका वडा नम्बर–१० प्रगतिनगरमा ६ वर्षीया बालिकालाई घरबाटै अपहरण गरिएको थियो ।

बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव स्थानीयले मंगलबार बिहान खोलामा फेलापारेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

यसैबीच, जिल्लामा बलात्कार र हत्याका घटना बढ्दै गएपछि संयुक्त विद्यार्थी संगठन र स्थानीयले मंगलबार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् ।

गत बुधबार र सोमबारको बलात्कार तथा हत्याका दोषीहरुलाई सख्त कारबाही गर्न माग गर्दै प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय घेराऊसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्