Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


युवतीको शव हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा भेटियो, ‘प्रेमी’ पक्राउ


0
Shares

यही माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मंगलबार फेलापारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् ।

६ दिनअघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसकोलगत्तै गरिएको अनुसन्धानबाट शव युवक हिक्मत सिंहको घरनजिकै खाल्डो खनेर घोप्टोे अवस्थामा फेलापारेकोे कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले बताएका छन् ।

अञ्जली र हिक्मत दुबैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकी थिइन् ।

घटनाको थप अनुसन्धानका लागि हिक्मत सिंहलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । रासस