दक्षिण कोरियाले २०१७ को पहिलो ‘लट’मा लैजाने नेपाली कामदारको श्रम सम्झौता पठायो • Image Khabar Image Khabar


दक्षिण कोरियाले २०१७ को पहिलो ‘लट’मा लैजाने नेपाली कामदारको श्रम सम्झौता पठायो


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार १६:०४

दक्षिण कोरियाले २०१७ को पहिलो ‘लट’मा लैजाने नेपाली कामदारको श्रम सम्झौता पठायो

कोरियाले हालसम्म ५०० जना कामदारका लागि श्रम सम्झौता गर्न पत्र पठाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । श्रम सम्झौता आउनेक्रम जारी रहेको पनि उनले बताए ।

सन् २०१७ का लागि इपीएस पास गरेका नेपाली कामदार छनोटका लागि शाखाले श्रम सम्झौतामा हस्ताक्षर गराउने, प्रहरी रिपोर्ट लिने, अभिमुखिकरण तालिम दिन सुरु गर्ने पनि उनले बताए ।

कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रका लागि कामदार लैजान श्रम सम्झौता पठाएको हो ।

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्