
काठमाडौं । शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् ।
ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ ।
यसै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।
ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन् ।
ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गरेका छन् ।
‘नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ ,जो अन्यत्र पाइँदैन’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।’
ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ती र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्