पुलिस र पूर्वाञ्चल विजयी • Image Khabar Image Khabar


पुलिस र पूर्वाञ्चल विजयी


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार १७:५३

पुलिस र पूर्वाञ्चल विजयी

प्रतियोगिताअन्तर्गत् बुधबार फुङ्लिङस्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा पुलिस क्लबले सशस्त्र प्रहरीको टिमलाई २५–२४, २५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै, बुधबार नै भएको दोस्रो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई २५–१३, २७–२५, २२–२५, २०–२५ र १५–८ को सेटमा हरायो ।

विहीबार हुने पहिलो खेलमा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लब भिड्दा दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टिम आमने–सामने हुनेछन् ।

‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस्