२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


मिथिला परिक्रमा सुरु, १ सय ३३ किलोमिटर पदयात्रा गरिने


0
Shares

जनकपुर । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।