२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


४०० भन्दा बढीलाई सीपमूलक तालिम


0
Shares

भूकम्पप्रभावितका लागि विशेष तालिम कार्यक्रमअन्तर्गत् उद्योग विकास समितिले तालिम दिएको हो ।

पुनःनिर्माणमा सहयोग पुर्‍याउने गरी २२ महिनामा ४५८ जनालाई सिकर्मी, डकर्मी, हाउस वायरिङ र प्लम्बिङ तालिम प्रदान गरिएको हो ।

भूकम्पले भत्किएका घर पुनःनिर्माणका लागि विभिन्न साझेदार सस्थाहरुसँगको समन्वयमा जिल्लाका सबै गाविसका बासिन्दालाई समेटर तालिम दिइएको समितिले जनाएको छ ।

तालिम लिएकाहरुलाई सामग्रीको अभावका कारण काम नरोकियोस् भनेर समितिले ८० प्रतिशत अनुदानमा आवश्यक प्रविधिसमेत हस्तान्तरण गरेको छ ।

स्थानीयस्तरमै स्वरोजगार वृद्धि गर्न ४५ दिने तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको वरिष्ठ उद्योग विकास अधिकृत खगेन्द्र नेपालले बताए ।