२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


६६ केभी प्रसारणलाइनको ६ नम्बर खम्बा ढल्यो


0
Shares

                                             दृष्यः खिम्ती–ढल्केबर प्रसारणलाइन । फाइल फोटो ।
यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौं आउनसक्ने छैन ।

सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुंगा कसेर भइरहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

सुनकोसीको विद्युत् ११ केभी फिडरबाट बाह्रबिसे, चौतारामा स्थानीयरुपमा केही खपत् हुनेछ भने लामोसाँघु–भक्तपुर १३२ केभी लाइनबाट काठमाडौंमा खिम्ती विद्युत्गृह र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट आउने विद्युत् आइ नै रहने छ ।

काठमाडौंको विद्युत् आपूर्ति नियमिततालाई निरन्तरता दिन काठमाडौं छिर्ने अन्य प्रसारणलाइनमध्येबाट हुनेगरी नोक्सान भए बराबरको विद्युत् परिमाण बढाइ काठमाडौंवासीलाई यसको असर पर्न नदिन भारप्रेषण केन्द्रले आवश्यक गृहकार्यसहित व्यवस्था मिलाउने जनाइएको छ । रासस