हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा • Image Khabar Image Khabar


हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा


Imagekhabar
७ फाल्गुन २०७३, शनिबार १४:५८

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा

अर्को हप्ता हुने लिलामीमा राखिने रातो रङको उक्त टेलिफोनमा नाजी नेता हिटलरको नाम लेखिएको छ । बर्लिनको बंकरमा सन् १९४५ मा उक्त टेलिफोन फेलापरेको थियो ।

जर्मनीले आत्मसमर्पण गरेपछि तत्कालीन सोभियत सेनाले यसलाई बेलायती अधिकृत सर राल्फ रायरनलाई सम्झनाकोरुपमा दिएका थिए । लिलामी १ लाख डलरबाट सुरु हुनेछ ।

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा

सर राल्फका छोराले बिक्री गरेको टेलिफोन लिलामीमा ३ लाख डलरसम्ममा बिक्री हुने आशा गरिएको छ ।

लिलामीगृहका प्रमुख विल पानागोपुलोसले हिटलरले प्रयोग गरेको फोन आमविनाशको हतियार बनेको बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्