
शनिबार भएको पहिलो क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै रुपन्देही सेमिफाइनलमा पुगेको हो ।
खेलको ५९औं मिनेटमा कप्तान गिल्सन लिम्बूको गोलबाट काँकडभिट्टाले अग्रता लिएको थियो । ७६औं मिनेटमा कालु थापाको गोलबाट रुपन्देहीले बराबरी गर्यो ।
निर्धारित् समयसम्म १–१ को बराबरी भएपछि ‘टाइब्रेकर’मा निर्णायक बनेको खेलमा रुपन्देहीले बाजी मार्यो । दुबै टिमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् ।
दोसो क्वार्टरफाइनलमा आइतबार धरान फुटबल क्लब ‘रातो’ र पोखरा फुटबल क्लबबीच भिडन्त हुनेछ ।
विजेताले पाँच लाख रुपैयाँ जित्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्