
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९१ अंकले बढेर अन्तिम दिन १३ सय ४३ अंकमा पुग्यो ।
यो साता उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै साताको नेप्से बढेको हो । बीमा समूह सबैभन्दा उच्च ७ सय ७५ अंकले बढ्यो ।
यस्तै, वाणिज्य बैंक र होटल समूह ९२ अंकले, जलविद्युत् समूह ८६ अंक र विकास बैंक समूह पनि ७३ अंकले उक्लियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भयो । जसअनुसार दुई अर्ब ५८ करोड १४ लाख रुपैयाँ बराबरका ७९ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् ।
कारोबार रकम गत साताकोभन्दा ४८.३८ प्रतिशत बढी हो । गत साता १५६ कम्पनीहरुको एक अर्ब ७३ करोड ९६ लाख बराबरका एक करोड ८८ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा प्रभु बैंक एवं कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्याल्यु फन्ड १ अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्