२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला


0
Shares

काठमाडौं । जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।

त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।

जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले रिहा हुने भएका छन् ।  लक्ष्मणसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् ।

घटनाका मुख्य अभियुक्त भनिएका सांसद चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा थुनामा छन् ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो ।