२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भारतीय ऋण सहयोग स्वीकृतीको अन्तिम सहमतिपत्र हस्तान्तरण


0
Shares

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र नेपाल भ्रमणमा आउनुभएका भारतका केन्द्रिय रेलमन्त्री सुरेश प्रभुको उपस्थितीमा भारतले अन्तिम सहमतिपत्र हस्तान्तरण गरेको हो ।

भारतको करिब ३४ अर्ब ऋण सहयोगमा महेन्द्रनगरमा महाकाली नदीमा ४ लेनको पुलसहित १७ वटा सडक यातायात परियोजना संचालन हुनेछ ।

यी परियोजनाका लागि भारतको आयात–निर्यात एक्जिम बैंकमार्फत प्राप्त हुने ३४ अर्ब ऋण प्राप्त हुने जनाइएको छ ।

अब एक्जिम बैंकसँग छलफल गरी भारतीय ऋण सहयोगमा बन्ने सडकको टेण्डर आहृवान हुने जनाइएको छ । सडक विभागले १७ वटा सडक र महाकाली पुलको डिपीआर तयार गरेर भारतलाई ५ महिना अघि नै स्वीकृतिका लागि पठाएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले नेपालको पूर्वाधार क्षेत्रमा भारतको सहयोग रहदै आएको भन्दै यसले नेपालको सामाजिक आर्थिक विकासमा सहयोग पु¥याउने बताए ।

भारतीय रेल मन्त्री सुरेश प्रभुले नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा भारतले सक्दो सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए ।