
खेल बार्साको मैदान नोउ क्याम्पमा राति साढे १ बजे सुरु हुँदैछ । आजै राति सवा ११ बजे सेल्टाभिगोले ओसासुनासंग खेल्दा राति ९ बजे भ्यालेन्सियाले एथ्लेटिक बिलबाओसंग खेल्दैछ ।
यसअघि शनिबार रातिको खेलमा विजयी हुँदै रियाल मड्रिडले शीर्ष स्थानलाई अझ मजबुद बनाएको छ ।
रियाल मड्रिडले स्पानियोललाई २-० ले हराउँदै २१ खेलबाट ५२ अंकसहित शीर्ष स्थानलाई कायमै राखेको हो । गएरातिकै खेलमा आइबरलाई २-० ले हराएको दोस्रो स्थानको सेभियाको २३ खेलबाट ४९ अंक भएको छ ।
बार्सिलोना २२ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा छ । आजको खेलमा विजयी भए बार्सिलोना पुनः दोस्रो स्थानमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्