२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सशस्त्र प्रहरीलाई हराउँदै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


0
Shares

सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । संकटालाई जिताउन राज पौडेलले निर्णायक गोल गरे ।

संकटाले अब सेमिफाइलमा रुपन्देही–११ सँग बुधबार खेल्नेछ । रुपन्देहीले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लब भिड्नेछन् ।

पुलिसले प्रिक्वार्टरफाइनलमा धरान ‘पहेंलो’लाई हराएको थियो भने सिक्किमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।