२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विराटनगरमा हुने ‘विराट एक्स्पो’को सम्पूर्ण तयारी पूरा


0
Shares

उद्योग संगठनको आयोजनामा हुने एक सातासम्म चल्ने कृषि तथा औद्योगिक प्रदर्शनको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराकासाथ विराट एक्स्पो आयोजना गर्न लागिएको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले विराट एक्स्पोको व्यवस्थापनको सबै तयारी पूरा भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार नेपालका अतिरिक्त भारत, चीन, बंगलादेश, पाकिस्तानकासमेत औद्योगिक उत्पादन एक्स्पोमा राखिनेछ ।

एक्स्पोमा २५४ ओटा स्टल रहने जनाइएको छ । एक्सपोको ३ लाख बढीले अवलोकन गर्ने र दैनिक ६ देखि ७ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

एक्स्पोमा माउन्टेन उडान र हेलिसिटीको टुरको पनि व्यवस्था गरिएको बताइएको छ ।