२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


निरन्तर हिमपातका कारण जंगली जनावर मर्न थाले


0
Shares

म्याग्दी । लगातारको हिमपातका कारण अत्याधिक चिसो बढेपछि मुस्ताङका लोपोन्मुख जंगली जनावर मर्न थालेका छन् ।

चरन अभावले आहार नहुँदा मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु मर्न थालेका हुन् ।

चरन क्षेत्रमा हिउँ जमेरपछि खान नपाएर कतिपय चौंरीगाई र भेडा/च्यांग्रासमेत मरेको स्थानीयले बताएका छन् ।

मुस्ताङमा ४ सय ७४ प्रजातिका चराचुरुङ्गीसहित हिमचितुवा, कस्तुरी, मृग, जंगली घोडालगायतका वन्यजन्तु पाइन्छन् ।