
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के–कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरे ।
परामर्शपछि सन्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोग द्रुतगतिमा निर्वाचन गराउन तयार रहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्