१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


भेनेजुएलाका राष्ट्रपति निकोलस भन्छनः ‘पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु


0
Shares

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताए ।

विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गरेका छन् ।

आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा राष्ट्रपति मदुरोले पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताए ।

उनले त्यतातिर आफूहरुले ध्यान नदिने पनि बताए । सेनाका अधिकारीसहित उपस्थित कार्यक्रममा मदुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने प्रतिबद्धता व्यक्त गरे । चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उनको भनाइ थियो ।

अदालतको आदेशको अवज्ञा गर्दै विपक्षी नेता हुँवा गुइदो दक्षिण अमेरिकी देशको भ्रमण गरेर फर्किएपछि राष्ट्रपति मदुरोले आक्रोसपूर्ण भनाइ सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतले लगाएको भ्रमण प्रतिबन्ध उल्लंघन गर्दै समर्थन बलियो बनाउनका लागि छिमेकी देश गएका गुइदो सोमबार काराकास फर्किएका थिए ।

भेनेजुएलामा हजारौं मानिसले अहिलेका राष्ट्रपति निकोलस मदुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

३५ वर्षीय गुइदोले मदुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । (एजेन्सी)