२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


औषधि खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य चौकीको स्टोरमै तालाबन्दी


0
Shares

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाले औषधि खरिद गर्दा अनियमितता गरेको भन्दै विश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्टोरमै तालाबन्दी गरेका छन् ।

नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादवले १० लाख रुपैयाँको औषधि भन्दै स्टोर दाखिला गर्न दबाब दिएसँगै औषधि गणना गर्दा १ लाखको मात्र रहेको भेटिएपछि अनियमितताको रहस्य खुलेको हो ।

नगरपालिकाले खरिद गरेको भनिएको औषधिमा सरकारबाट वितरण हुने निःशुल्क औषधिसमेत समावेश गरेको पाइएको छ ।

निःशुल्क वितरण गरिने औषधिमा आर एल, सिटामोल, डायजिन, एमोक्कसिलिन, मेट्रोनलगायत १० भन्दा बढी किसिमका औषधि समावेश गरिएको खुलेको हो ।

विपन्न वर्गका बासिन्दाको स्वास्थ्यलाई ध्यान दिनुपर्नेमा स्थानीय तहबाटै औषधिमा अनियमितता हुनु जनप्रतिनिधिको गैरजिम्मेबार कार्य भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले कम परिणामको औषधि ल्याएर बढी देखाउँदै स्टोरमा दाखिला गर्न भनेपछि आफूले नमानेको बताए । सो नगरपालिकामा पाँच वटा स्वास्थ्य चौकी छन् ।