Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


हिन्दुमाथि आपत्तिजनक टिप्पणी गर्ने पाकिस्तानी मन्त्री जिम्मेवारीमुक्त


0
Shares

इस्लामावाद, फागुन २२ । हिन्दु धर्मावलम्बीमाथि आपत्तिजनक टिप्पणी गरेका एक पाकिस्तानी मन्त्री जिम्मेवारीमुक्त भएका छन् ।

पञ्जाव प्रान्तका मन्त्री फैयाज चौहानलाई मुख्यमन्त्री सरदार उस्मान बुजदारले सचेत तुल्याएका थिए । मुख्यमन्त्रीका तर्फबाट जारी विज्ञप्तिका अनुसार इमरान खान नेतृत्वको पार्टी ‘पाकिस्तान तहरीक ए इन्साफ’ले कुनै प्रकारको भेदभाव सहन सक्दैन ।

चौहानले हिन्दुलाई ‘गाईको मुत्रपान गर्ने’ भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री खानको राजनीतिक मामिला सल्लाहकार नइमुल हकले ट्वीट गर्दै भनेका छन्, ‘पाकिस्तान तहरीक ए इन्साफ यस प्रकारका सोच सहन सक्दैन, ती कोही सरकारका वरिष्ठ सदस्य हुन् या अरु कोही सामान्यले नै यस्ता कुरा गरेका किन नहोस् ।’

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले ट्वीट गर्दै भनेका छन्, ‘पाकिस्तानी झण्डामा जुन गर्वबाट हरियो रङ छ, त्यही गर्वका साथ सेतो रङ पनि छ, जो हिन्दु समुदायको योगदानलाई सम्मान गर्दछ र उनीहरुलाई आफ्नो मान्दछ ।’ (एजेन्सी)