नेपालको विकासमा जापानले सक्दो सहयोग गर्छ : जापानी राजदूत • Image Khabar Image Khabar


नेपालको विकासमा जापानले सक्दो सहयोग गर्छ : जापानी राजदूत


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार १५:१५

नेपालको विकासमा जापानले सक्दो सहयोग गर्छ : जापानी राजदूत

मंगलबार राजधानीमा भएको जाइका अल्मुनाई एसोसियसन अफ नेपालको ४३औं वार्षिक साधारणसभामा बोल्दै राजदूत ओगावाले नेपालमा गएको विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा जापानले सक्दो सहयोग गर्दै आएको बताए ।

भूकम्पले भत्काएका पूर्वाधारहरुका साथै सामाजिक जीवनलाई पूर्ववतरुपमा फर्काउन जापानले सहयोग गर्ने उनको भनाइ थियो ।

राजदूत ओगावाले जापानको सहयोगमा बन्न लागेको नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्गले सडक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जाइकाका आवासीय प्रतिनिधि जुन साकुमाले जापान सरकार नेपालको भौतिक पूर्वाधारमामात्र नभइ जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उनले काठमाडौंका बासिन्दाले लामो समयदेखि प्रतिक्षा गरिरहेको मेलम्चीको पानी प्रशोधन प्लान्ट र पोखराको पानी प्रशोधन प्लान्टमा जापानी सहयोग हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्