१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


साविक विजेता रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो


0
Shares

काठमाडौं । साविक विजेता रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाईनलबाटै बाहिरिएको छ ।

गएराति स्पेनको मड्रिडमा भएको दोस्रो लेगको खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग ४–१ ले पराजित भएपछि रियाल मड्रिडको यात्रामा पूर्णविराम लागेको हो । यसअघि पहिलो लेगको खेल २–१ ले जितेको रियाल मड्रिड समग्रमा भने ५–३ ले पराजित भयो ।

उता जर्मनीको बोरुसिया डर्टमण्डलाई पाखा लगाउँदै इङ्ल्यान्डको टोटनह्याम हट्सपर पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

आफ्नै मैदानमा भएको पहिलो लेगको खेल ३–० ले जितेको टोटनह्यामले गएराति जर्मन क्लब बोरुसियालाई उसैको मैदानमा १–० ले हरायो ।

समग्रमा ४–० को परिणामसहित टोटनह्याम अन्तिम आठमा पुगेको हो ।

च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज पोर्चुगलको एफ.सी. पोर्टो र ईटालीको एएस रोमा भिड्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ ।

पहिलो लेगमा रोमाले पोर्टोलाई २–१ ले हराएको थियो भने पिएसजीले म्यान्चेस्टर युनाईटेडलाई २–० ले पाखा लगाएको थियो ।