५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


स्थानीय निर्बाचन: २० हजार बुथ, अढाइ लाख कर्मचारी


0
Shares

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सरकारले सबै तयारी गरेरमात्रै मिति घोषणा गरेको जानकारी दिए ।

दोस्रो संविधानसभा निर्बाचनमा देशभर १२ हजार मतदान बुथ कायम गरिएकोमा स्थानीय निर्बाचनमा त्यसको संख्या २० देखि २१ हजारसम्म पुर्‍याइने तयारी भइसकेको गृहमन्त्री निधीले बताए ।

मोरङको कसेनीमा मंगलबार कांग्रेस क्षेत्रीय भेलामा गृहमन्त्री निधीले सरकारले सबै तयारी पूरा गरेर निर्बाचन मिति घोषणा गरेकाले चुनाव हुने र नहुने दुविधा नराख्न आग्रह गरे ।

सरकारले स्थानीय निर्बाचनमा २ लाख ६० हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र निजामती गरी स्थानीय निर्बाचनमा दुई लाख ६० हजार सरकारी कर्मचारी परिचालन गर्ने तयारी गरिरहेको गृहमन्त्री निधीले जानकारी दिए ।
-नागरिक दैनिकबाट