
राउण्ड अफ सिक्सटिन अन्र्तत पहिलो लेगको खेलमा इंग्लीश क्लव म्यान्चेस्टर सिटीले फ्रान्सको मोनाकोलाई ५-३ ले हरायो ।
खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई गोल गर्दा राहिम स्टर्लीङ, जोन स्टोन्स र लेरोए सानेले एक एक गोल गरे ।
मोनाकोका लागि राडामल फाल्काओले दुई तथा एम्बाप्पेले एक गोल गरे । पहिलो लेगमा हात पारेको जितसँगै म्यान्चेस्टर सिटी सहज अवस्थामा पुगेको छ भने मोनाको दबाबमा आएको छ ।
राती भएको अर्को खेलमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडले जर्मनीको बायर लिभरकुजेनलाई ४-२ ले हरायो ।
खेलमा एथ्लेटिकोलाई विजयी गराउन साउल निग्वेज, एन्टोनियो ग्रेजम्यान, केभिन गामेईरो र फर्नान्डो टोरेसले एक एक गोल गरे ।
लिभरकुजेनको मैदानमा हात पारेको यो जितसँगै स्पेनीस क्लवको अर्को चरण प्रवेशको संभावना बलियो भएको छ ।
च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफ.सी पोर्टो र ईटालीको युभेन्टस भिड्दा स्पेनको सेभियाले इंग्लण्डको लेष्टर सिटीसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्