
संसद बैठकमा छलफल गरिने विषयहरुको कार्यसूचीमा दलहरुबीच सहमति हुन नसक्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
यसअघि झन्डै दुई साताका लागि स्थगित भएको संसदको बैठक मंगलबार (हिजो) पनि सूचना टाँसेरै स्थगित गरिएको थियो ।
संविधान संशोधन प्रस्तावलाई अघि बढाउन नदिने विपक्षी दलहरुको अडानका कारण आजको बैठक पनि स्थगित गर्नुपरेको बताइएको छ ।
सरकारले आजको बैठकबाट संविधान संशोधन प्रस्तावलाई अघि बढाउने तयारी गरेको थियो ।
संसदको अर्को बैठक विहीबार (भोलि) दिउँसो ३ बजेका लागि डाकिएको छ ।
प्रतिक्रिया दिनुहोस्