
हेटौंडा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही सीमित नेताहरुले राज्यसत्ता कब्जा गरेर देशमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् ।
राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा मंगलबार हेटौंडामा आयोजित सभामा बोल्दै उनले वर्तमान सरकारले लोकतन्त्रको आडमा भ्रष्टहरुलाई प्रश्रय दिएको आरोप लगाए ।
नेपाललाई सनातन हिन्दूराज्य बनाउने अभियानमा जनसमर्थन ठूलो रहेको दाबी गर्दै अध्यक्ष थापाले सनातन हिन्दूराज्य स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
देश विखन्डन गर्छु भन्नेहरुलाई सरकारले निस्तेज पार्न नसकेको भन्दै उनले यस्तै अवस्था रहे देशमा ठूलो संकट आउने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्