२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


सशस्त्रलाई हराउँदै आर्मी अन्तिम चारमा


0
Shares

झापा, फागुन २१ । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो ।

४३औं मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ८५औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए ।

लगत्तै ८६औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई शानदार जित दिलाए ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् बुधबार विभागीय टोली नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।