Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


आतंक मच्चाउने काम तत्काल बन्द गर्न प्रधानमन्त्रीको चेतावनी


0
Shares

झापा, फागुन २१ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कम्युनिस्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

मंगलबार झापाको खुदुनाबारीमा सुखानी सहिद स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा जनता मार्ने, लुट मच्चाउने, चन्दा असुल्ने र विस्फोट गराउने कार्य बन्द गर्न निर्देशन दिए ।

देशमा सबै कम्युनिस्टहरु एक ढिक्का भइसकेको भन्दै उनले ‘कोही सच्चा कम्युनिस्ट छुटेको भए नेकपाको ढोका खुला छ’–भने ।

नेकपामा प्वाल पार्ने षडयन्त्र : दाहाल

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले नेकपामा प्वाल पार्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

एकीकृत कम्युनिस्ट पार्टीका दुवै अध्यक्षले सहिदहरुलाई स्मरण गर्न पाउनु सबैका लागि गर्वको विषय भएको दाहालको भनाइ थियो ।

झापा विद्रोहमा लागेका पाँच युवाहरु वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ सालमा तत्कालीन सरकारले फागुन २१ गते जेल सार्नेक्रममा सुखानीको जंगलमा गोली हानी हत्या गरेको थियो ।