२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बुधबार पनि सेयर बजारमा गिरावट


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले झरेर १३ सय ४४ मा आइपुग्यो । कारोबार भएका सबैजसो समूह ओरालो लागे ।

बीमा समूह सबैभन्दा उच्च १ सय १२ अंकले झर्‍यो । होटल समूहमा पनि ४१ अंकको गिरावट आयो । वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओरालो लाग्यो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक समूह स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयर ३५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।