 
	    काठमाडौं, फागुन २१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषय टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक नपर्ने बताएका छन् ।
हालै राष्ट्रसंघीय मानवअधिकार परिषदको जेनेभा बैठकमा सहभागी भएर फर्किएका मन्त्री ज्ञवालीले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी संक्रमणकालीन न्यायको विषय टुंग्याउन नेपाल आफैं सक्षम रहेको बताए ।
संक्रमणकालीन न्याय निरुपण गर्न बनेका आयोगहरुको म्याद एक वर्ष थपिएपछि अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ ।
तर, मन्त्री ज्ञवालीले सो विषयलाई कसरी टुंग्याउने भन्नेबारे प्रस्ट भने पारेनन् ।
जेनेभा सम्मेलनमा नेपालमा मानवअधिकारको पछिल्लो अवस्था, द्वन्द्व समाधानमा भइरहेका कामबारे बताएको उनले जानकारी दिए ।
राष्ट्रपति अमेरिका जाने
पत्रकार सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी यही मार्च १० तारिखमा अमेरिकामा हुने महिला सशक्तिकरणसम्बन्धी सम्मेलनमा माग लिन जाने जानकारीपनि दिइएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्