२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आयोजक धरान ‘नीलो’लाई स्तब्ध पार्दै पुलिस फाइनलमा, जुमानुले गरे २ गोल


0
Shares

विहीबार धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब ‘नीलो’लाई ३–१ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

पुलिसको जितमा जुमानु राईले २ र मानबहादुर परियारले एक गोल गरे । धरानका लागि रजिन सुब्बाले एक सान्त्वना गोल फर्काए ।

खेलको ‘म्यान अफ द म्याच’ पुलिसका जुमानु राई घोषित भए ।

पुलिसले अब उपाधिका लागि शनिबार संकटा क्लबको सामना गर्नेछ ।

संकटा बुधबार रुपन्देही–११ लाई हराउँदै फाइनलमा पुगेको थियो ।