काठमाडौं, फागुन २१ । स्वतन्त्र वामपन्थी नेता गणेश पण्डितको निधन भएको छ ।
पूर्वसांसदसमेत रहेका पण्डितको मंगलबार हृदयाघातबाट निधन भएको हो ।
पण्डितको मंगलबार बिहान करिब ११ः३० बजेतिरको समयमा निधन भएको जनाइएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका कविलासस्थित महादेव मन्दिरको गुफामा जानेक्रममा उनलाई हृदयाघात भएको थियो ।
त्यहाँबाट उपचारका लागि काठमाडौं ल्याउँदा–ल्याउँदै बाटोमै प्राण गएको उनका भान्जा एवं चिकित्सक डा. केदारनरसिंह केसीले जानकारी दिए ।
उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएपनि अस्पताल आउनुअगावै निधन भइसकेको चिकित्सकले जनाएका थिए ।
७२ वर्षीय नेता पण्डित नुवाकोट जिल्लाबाट २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा तात्कालीन नेकपा एमालेका तर्फबाट सांसदमा निर्वाचित भएका थिए ।
स्व. पण्डितका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।









प्रतिक्रिया दिनुहोस्