
एन्फा एकेडेमी देवीनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलले शेरे एफसी कालिङ्पोङ, भारतलाई १–० ले पराजित गर्यो ।
सशस्त्र प्रहरीको जितमा सरोज कोइरालाले गरेको एकमात्र गोल नै निर्णायक रह्यो ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइटेडबीचको खेल हुनेछ ।
फागुन २१ गतेसम्म सन्चालन हुने प्रतियोगितामा नेपालका ८ र भारतका २ गरी १० टिम सहभागी छन् ।
प्रतियोगिताको उपाधि विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित रनिङ शिल्ड पाउने छ भने उपविजेताले ३ लाख ३३ हजार रुपैयाँ पुरस्कार पाउने छ ।
प्रतिक्रिया दिनुहोस्