काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाको बैठकले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।
शोकप्रस्ताव पारित गर्दै संसद बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीको गत शनिबार उपचारकाक्रममा निधन भएको थियो ।
तत्कालीन नेकपा एमालेका तर्फबाट अधिकारी २०४८, २०५१ र २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालको पुनःस्थापित प्रतिनिधिसभाको सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य रहेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार दिउँaसो १ बजे बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्