
२–० ले अग्रता लिएको अवस्थामा पनि मनाङले बराबरीको सामना गर्नुपरेको हो ।
शुक्रबार मोहम्मद अजिज रंगशालामा भएको खेलको तेस्रो मिनेटमै अलावालेले गोल गर्दै मनाङलाई प्रारम्भिक अग्रता दिलाए । २३औं मिनेटमा अलावालेले अर्को गोल थप्दै मनाङको अग्रतालाई दोब्बर पारेका थिए ।
तर, ३३औं मिनेटमा नसुरुद्धिन चौधरीले गोल गर्दै आवहनीलाई अन्तर २–१ मा झारे । त्यस्तै, ६३औं मिनेटमा वाल्सनले गोल थप्दै आवहनीलाई बराबरीमा ल्याए ।
देवेन्द्र तामाङले ‘डी बक्स’भित्र ‘ह्यान्ड’ गरेपछि पाएको पेनाल्टीमा वाल्सनले गोल गरेका हुन् ।
यो बराबरीले भने मनाङको सेमिफाइनल यात्रा कठिन बनेको छ । यसअघि, एक खेलमा जित र एकमा हार व्यहोरेको मनाङले अब समूहको अन्तिम खेलमा बंगलादेशी मोहमोदेन स्पोर्टिङ क्लब र अफगानिस्तानको शाहिन अस्मायीको खेल कुर्नुपर्नेछ ।
पहिलो खेलमा मनाङले बंगलादेशी मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गरेको थियो भने अफगानिस्तानको शाहिन अस्मायीसँग ३–१ को हार व्यहोरेको थियो ।
समूह ‘बी’मा ५ अंकसहित आवहनी सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै, मनाङ चार अंकसहित दोस्रो स्थानमा छ भने अस्मायीको ३ अंक छ ।
यदि १ अंकको मोहमोदेनले जित हासिल गरे मनाङ सेमिफाइनलमा पुग्नेछ । अस्मायीले बराबरीसम्म गरे पनि ‘हेड टु हेड’का आधारमा सेमिफाइनलमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्