२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


सुखानी हत्याको सम्झना


0
Shares

काठमाडौं, फागुन २१ । आज फागुन २१ गते । ४६ वर्षअघि यही दिन तत्कालीन पञ्चायत सत्ताले प्रजातन्त्रका लागि संघर्षरत् पाँच युवालाई झापाको सुखानी जंगलमा हत्या गरेको थियो ।

जहाँ कृष्ण कुइँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र नेत्र घिमिरेजस्ता होनाहार युवालाई प्रजातन्त्रको पक्षमा लागेकै आरोपमा हत्या गरिएको थियो ।

झापा विद्रोहका बेला २०२९ साल फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा लगेर पञ्चायती शासकले उनीहरुको हत्या गरेको थियो । पाँचैजनालाई जेल सार्ने बहानामा हत्या गरिएको थियो ।

हाल झापाको अर्जुनधारा नगरपालिका सालबारीस्थित सहिद स्मृतिपार्कमा पाँचै सहिदको पूर्णकदको शालिक बनाइएको छ । र, वर्षेनि यसदिन उनीहरुप्रति श्रद्धाञ्जलि कार्यक्रम गरिन्छ ।

झापा विद्रोहका बेला अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटीका कार्यकर्ता रहेका दाहाललगायत पाँचजनालाई झापा कारागारबाट इलाम कारागार स्थानान्तरण गर्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

पञ्चायती शासकले दिउँसो २ देखि ४ बजेको बीचमा सुखानीमा लगेर विभत्स हत्या गरिएको उनीहरुसँगै काम गरेका जीवित नेताहरु बताउँछन् ।

अघिल्ला वर्षहरुमा अलग–अलग कार्यक्रम गर्ने नेकपा एमाले र नेकपा माओवादीले यसपटक पार्टी एक भएपछि भने संयुक्तरुपमै कार्यक्रम आयोजना गरेका छन् ।