
काठमाडौं, असार २२ । प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ ।
प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो ।
निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।
बजेटमा व्यवस्था भएअनुसार सरकारले प्रदेशभित्र बस सेवा संचालन गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।
पहिलो चरणमा प्रदेश ७ का ९ जिल्लामा कम्तीमा १÷१ वटा बस संचालन गर्ने गरी भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमार्फत काम भइरहेको मन्त्री बोहराले बताए । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्