२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धरान रनको उपाधि बाग्लुङका तीर्थ पुनले जिते


0
Shares

सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धारित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए ।

महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धारित् दुरी ३४ मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् ।

पुरुष, महिला दुबैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

४० वर्षमाथिको पुरुष भेट्रानमा भने निर्मल राई प्रथम भए ।